▣ २०८३ कात्तिक १९☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ कात्तिक १९
⌂ गृह पृष्ठ|▤ अर्थ समाचार

पकाहाँमैनपुर गाउँपालिकाको गाउँसभा सम्पन्न, ३६ करोड ३० लाखको बजेट प्रस्तुत

पकाहाँमैनपुर गाउँपालिकाको गाउँसभा सम्पन्न, ३६ करोड ३० लाखको बजेट प्रस्तुत
अमरज्योती डेली AI सारांश

लामो समयदेखि आन्तरिक विवादका कारण रोकिएको पर्साको पकाहाँमैनपुर गाउँपालिकाको गाउँसभा आपसी सहमति र समन्वयपछि सम्पन्न भएको छ।

गाउँसभा सम्पन्न भएसँगै गाउँपालिकामा लामो समयदेखि कायम रहेको आन्तरिक असमझदारी समाधान गर्दै विकास निर्माण, सार्वजनिक सेवा प्रवाह र बजेट कार्यान्वयनलाई अघि बढाउने वातावरण बनेको छ।

गाउँपालिका अध्यक्ष सुरेश मेहताले पालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबीच आपसी सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो।

पवन सिंह बारा । लामो समयदेखि आन्तरिक विवादका कारण रोकिएको पर्साको पकाहाँमैनपुर गाउँपालिकाको गाउँसभा आपसी सहमति र समन्वयपछि सम्पन्न भएको छ। नयाँ प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले पदभार ग्रहण गरेको करिब एक सातामै गाउँसभा सञ्चालन गर्न महत्वपूर्ण पहल गर्नुभएको हो।

गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३६ करोड ३० लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ २४ करोड ३५ लाख ८२ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ११ करोड ९४ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

गाउँसभा सम्पन्न भएसँगै गाउँपालिकामा लामो समयदेखि कायम रहेको आन्तरिक असमझदारी समाधान गर्दै विकास निर्माण, सार्वजनिक सेवा प्रवाह र बजेट कार्यान्वयनलाई अघि बढाउने वातावरण बनेको छ।

गाउँपालिका अध्यक्ष सुरेश मेहताले पालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबीच आपसी सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले व्यक्तिगत तथा आपसी मतभेदभन्दा माथि उठेर गाउँपालिकाको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले पदभार ग्रहण गरेलगत्तै प्रशासनिक कामलाई व्यवस्थित बनाउनुका साथै रोकिएको गाउँसभा सम्पन्न गराउन पहल गरिएको बताउनुभयो। उहाँले जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य भएमा समस्याको समाधान सम्भव हुने उल्लेख गर्दै अब स्वीकृत नीति, कार्यक्रम तथा बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नु प्राथमिकता रहेको बताउनुभयो।

गाउँसभा सम्पन्न भएपछि आर्थिक वर्ष २०८३/०८४ का विकास योजना तथा कार्यक्रम कार्यान्वयनले गति लिने अपेक्षा गरिएको छ। गाउँपालिकाले नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विकास निर्माणका कामलाई प्राथमिकता दिँदै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने जनाएको छ।

टिप्पणी (0)